काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामेछानेलाई डेङ्गी संक्रमण भएको छ । उनले बिहीबार आफुलाई डेङ्गी संक्रमण भएको सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन् ।
सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, ‘हिजो दिउँसो देखि ज्वरो र शरीर दुखाइका लक्षण देखिन थालेको थियो, आज परिक्षण गराउदा डेंगी देखियो। डाक्टरको सल्लाह अनुसार केही दिन आराम गर्नु पर्ने भएकाले भरतपुर,तनहु, लम्जुङ, गोर्खा लगायतका कार्यक्रमहरुमा सहभागी हुन नसकिने कुराको जानकारी गराउदछु।यसबाट पर्न जाने असहजता प्रति क्षमाप्रार्थी छु,मेरो स्वास्थ अवस्था सामान्य छ ।’