दुई महिनामा २ खर्ब ७३ अर्बको आयात हुँदा २८ अर्बको निर्यात, व्यापार घाटा पनि कम

<p>काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/८० को भदौ मसान्तसम्ममा नेपालकाे कुल वैदेशिक व्यापार ३ खर्ब नाघेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार भदौ मसान्तसम्ममा तथ्यांक अनुसार नेपालकाे कुल वैदेशिक व्यापार ३ खर्ब २ अर्ब २८ करोड रुपैयाँ भएको छ । विभागको तथ्याङ्कअनुसार नेपालले भदाै महिनासम्ममा २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने २८ अर्ब ६८ [&hellip;]</p>

काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/८० को भदौ मसान्तसम्ममा नेपालकाे कुल वैदेशिक व्यापार ३ खर्ब नाघेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार भदौ मसान्तसम्ममा तथ्यांक अनुसार नेपालकाे कुल वैदेशिक व्यापार ३ खर्ब २ अर्ब २८ करोड रुपैयाँ भएको छ ।

विभागको तथ्याङ्कअनुसार नेपालले भदाै महिनासम्ममा २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने २८ अर्ब ६८ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ ।

नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.५१ प्रतिशत र निर्यातको हिस्सा ९.४९ प्रतिशत रहेको छ ।

गत आवको तुलनामा कुल वैदेशिक व्यापार भने १५.७० प्रतिशत कम भएको छ । गत आवको पहिलो दुई महिनामा ३ खर्ब ५८ अर्ब ५५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

यस्तै, नेपालकाे व्यापार घाटा पनि गत वर्षको तुलनामा ९.४५ प्रतिशतले घटेको छ ।

Share News