बिना ब्याजमा कर्जा, लाखौं नगद पुरस्कारदेखि आइफोन उपहार

<p>काठमाडौं । पछिल्लो समय नेपाली बजारमा इलेक्ट्रिक स्कुटर तथा बाइकको माग बढ्दै गएको छ । इलेक्ट्रिक सवारी साधन (इभी)को माग र मूल्यको मध्यनजर गर्दै इभीका विभिन्न आधिकारिक विक्रेता कम्पनीहरूले दशैं तिहारलाई लक्षित गर्दै विभिन्न किसिमका अफरहरु ल्याएका छन् । चाडपर्वका अवसरमा सवारीसाधन कम्पनी तथा डिलरहरूले धेरै किसिमका अफर सार्वजनिक गरिरहेका छन् । कम्पनीहरूले नगद छुटदेखि [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा इलेक्ट्रिक स्कुटर तथा बाइकको माग बढ्दै गएको छ । इलेक्ट्रिक सवारी साधन (इभी)को माग र मूल्यको मध्यनजर गर्दै इभीका विभिन्न आधिकारिक विक्रेता कम्पनीहरूले दशैं तिहारलाई लक्षित गर्दै विभिन्न किसिमका अफरहरु ल्याएका छन् ।
चाडपर्वका अवसरमा सवारीसाधन कम्पनी तथा डिलरहरूले धेरै किसिमका अफर सार्वजनिक गरिरहेका छन् । कम्पनीहरूले नगद छुटदेखि आइफोनसम्मका अफरहरू ल्याए छन् । सरकारले पनि इभीका मोटरसाइकल र गाडीलाई प्राथमिकता दिन थालेपछि इभीका सवारीको चाप सडकमा बाक्लो देख्न सकिन्छ । इभीका सवारीको खरिदमा आधिकारिक बिक्रेता कम्पनीहरूले नयाँ र आकर्षक उपहारहरू ल्याएका हुन् ।

लेभ्निङमा ५ लाखसम्म छुट

बज्र ग्रुप अन्तर्गत रहेको कम्पनी ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटरमा दशैं अफर ल्याएको छ । लेभ्निङको सफर दशैं तिहारमा डबल अफर भन्ने यस स्किममा मात्र एसएमएस गरेर लाखौं रुपैयाँ छुट पाउन सकिनेछ । यस योजना अन्तर्गत सबैभन्दा पहिला घरमै बसेर एसएमएस मात्र गरी १ लाखसम्म छुट त्यसपछि शोरुम गएर त्यहाँ पाएको कोड एसएमएस गरेर ७ हजारदेखि ५ लाखसम्मको नगद छुट पाउन सकिनेछ ।

यसका साथै, ग्राहकले नबिल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सक्नुको साथै कुनै पनि पेट्रोल बाइकसँग सजिलै एक्सचेन्ज पनि गर्न सक्नेछन् । लेभ्निङ ब्रान्डको स्कुटर जर्मन कम्पनीको बोस्चको मोटर्स प्रयोग गरिएको बनाइएको स्कुटर हो । यसले फुल चार्जमा राम्रो माइलेज दिने कम्पनी बताउँछ ।
नेपाली बजारमा लेभ्लिंगको एलएक्स ०१, एलएक्स ०२, एलएक्स ०४, एलएक्स ०५, एलएक्स ०५–डी, एलएक्स ०६, एलएक्स ०६ म्याक्स, एलएक्स ०८, एलएस ०१ र एम ०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँसम्म छ ।

एनआईयू स्कुटर किन्दा ५० हजार पाइने

एनआईयू इलेक्ट्रिक स्कुटरको खरिद गर्दा लक्की ड्र मार्फत ५ हजारदेखि ५० हजार रुपैयाँ जित्न सकिने छ । एनआईयू इलेक्ट्रिक स्कुटरको नेपालको अधिकृत बिक्रेता कम्पनी इको इन्फिनिटी प्रालिले दशैं, तिहार र छठलाई लक्षित गर्दै सो अफर ल्याएको हो ।

प्रत्येक एनआईयू इलेक्ट्रिक स्कुटरको खरिदमा गोला प्रथाबाट छनोट हुने पनि कम्पनीका बजार प्रबन्धक प्रमेस थापा बताए । एनआईयूका सवारीका खरिद कर्ताले यस लाभको लिन सक्ने छन् । एनआईयका डिलरबाट पनि यस उपहरलाई जिती लिन सकिने छ ।

कोमाकी इलेक्ट्रिक खरिदमा आइफोन पाइने

कोमाकी इलेक्ट्रिक सवारी खरिदमा १२ हजारदेखि २५ हजारसम्म नगद छुट पाइने छ । नेपालका लागि कोमाकी इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक युनिटी ट्रेडिङ कन्सर्न प्रालिले चाडपर्व लक्षित गर्दै सो अफर ल्याएको हो । यस अफर अन्तर्गत पुराना सवारी ल्याएर नयाँ इभीका सवारी लान सक्ने पनि कम्पनीले बताएको छ ।

कम्पनीले ६ वटा मोडलका इभीका बाइक तथा स्कुटरको बिक्री गर्दै आएको छ । सो मोडलको सम्पूर्ण सवारीको खरिदमा १२ हजार देखि २५ हजारसम्म नगद छुट पाइने कम्पनीका म्यानेजमेन्ट म्यानेजर उमेश अधिकारी बताए । उक्त कम्पनीसँग २ लाख ६९ हजार देखी ४ लाख ४९ हजारसम्मका बाइक तथा स्कुटरहरू उपलब्ध छन् ।

कम्पनीले ३ जनालाई लक्की उइनरको रूपमा छनोट गर्ने छ । सो लक्की उइनर छनोट भई पहिलो हुनेलाई आइफोन १४ प्रो, दोस्रो हुनेलाई १ लाख ५२ हजार रुपैयाँ मूल्यको बिइङ ह्युमन बियच२७ मोडलको साइकल उपलब्ध गराउने हुने छ । तेस्रो लक्की उइनरमा छनोट हुनेलाई कम्पनीले १ लाख १७ हजार रुपैयाँ पर्ने बिइङ ह्युमन बियच १२ मोडको साइकल उपलब्ध गराउने छ ।

प्योर इलेक्ट्रिक बाइक किन्दा ८ हजारसम्म नगद

नेपालका लागि प्योर ईभी इलेक्ट्रिक बाइकको आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले चाड पर्व लक्षित गर्दै ‘फेस्टिभल अफर २०७९’ ल्याएको छ । सो अफरमा अन्तर्गत पुराना मोटर साइकलसँग एक्सचेन्ज गरी नयाँ इभीका मोटरसाइकल तथा स्कुटर लान सकिने कम्पनीले बताएको छ । 

कम्पनीका अनुसार नयाँ इभीको खरिद तथा एक्सचेन्जमा ८ हजार रुपैयाँसम्म क्यासब्याक पाउन सकिन्छ । प्योर इलेक्ट्रिकको जुनै पनि सवारी खरिद गर्दा यो उपहार पाउने जानकारी दिएको छ ।

सेगवेको साधन किन्दा १० हजार पाइने

नेपालका लागि सेगवे सवारी साधनको आधिकारिक वितरक आईहवले दशैं, तिहार र छठको अवसरमा ग्राहकहरुलाई आकर्षक छुट र पुरस्कारहरु दिने भएको छ ।
यो अफर अन्तर्गत सेगवेको उत्पादन किन्दा १० हजार नगद छुट, अमेजफिट ब्याण्ड ५ वा अमेजफिट नियन ब्याण्ड जस्ता निश्चित पुरस्कार जित्न सकिनेछ । यसका साथै यसमा निःशुल्क बीमा र सडक कर पनि हुने कम्पनीले जानकारी दिएको छ ।
साथै, ग्राहकहरूले लक्की ड्र मार्फत विभिन्न पुरस्कारहरू जित्ने अवसरहरू पनि प्राप्त गर्नेछन् । लक्की ड्र मार्फत २ जनाले किक स्कुटर, २ जनाले स्मार्ट फोन ९ मिइजु एम१७० र ५ जनाले अमेजफिट जिटिएस २ स्मार्ट घडी जित्न सक्नेछन् । यसमा एक्सचेन्ज, निःशुल्क एएमसि र इएमआइको सुविधा पनि रहेको कम्पनीले जानकारी दिएको छ ।

Share News