तीन वर्षमा विदेशी कम्पनीले लगे ६६ अर्ब लाभांश, सबैभन्दा बढी सूचना प्रविधिबाट, कुन क्षेत्रबाट कति बाहिरियो ?

<p>काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा नेपालमा लगानी गरेवापत् विदेशी कम्पनीहरुले २६ अर्ब ७ करोड ६० लाख रुपैयाँ लाभांश फिर्ता लिएका छन् । नेपाल राष्ट्र बैंकले नेपालमा प्रत्यक्ष विदेशी लगानी सम्बन्धि गरेको एक सर्वेक्षणका अनुसार विदेशी कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ मा सो रकम लाभांशका रुपमा विदेश लिएका हुन् । आर्थिक वर्ष २०७७/७८ मा सूचना प्रविधिमा [&hellip;]</p>

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा नेपालमा लगानी गरेवापत् विदेशी कम्पनीहरुले २६ अर्ब ७ करोड ६० लाख रुपैयाँ लाभांश फिर्ता लिएका छन् । नेपाल राष्ट्र बैंकले नेपालमा प्रत्यक्ष विदेशी लगानी सम्बन्धि गरेको एक सर्वेक्षणका अनुसार विदेशी कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ मा सो रकम लाभांशका रुपमा विदेश लिएका हुन् ।

आर्थिक वर्ष २०७७/७८ मा सूचना प्रविधिमा लगानी गरेवापत बढी लाभांश फिर्ता लिएको देखिएको छ । विदेशी कम्पनीहरुले नेपालमा लगानी गरेवापत् सूचना प्रविधि क्षेत्रबाट १३ अर्ब ९८ करोड ४० लाख रुपैयाँ लाभांशका रुपमा फिर्ता लिएका हुन् ।

सोही वर्ष उत्पादनमुलक क्षेत्रमा लगानी गरेवापत ६ अर्ब ७४ करोड ७० लाख, विद्युतीय उपकरणमा लगानी गरेवापत् ३ अर्ब ८१ करोड ६० लाख, बैंक तथा बीमा क्षेत्रमा लगानी गरेवापत् ८६ करोड ८० लाख, शिक्षा क्षेत्रमार्फत् ३० करोड ३० लाख र अन्य क्षेत्रबाट ३५ करोड ७० लाख रुपैयाँ लाभांश फिर्ता लिएको देखिएको हो ।

यस्तै, आर्थिक वर्ष २०७६/७७ मा नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले कुल १२ अर्ब ९० करोड ६० लाख रुपैयाँ लाभांश फिर्ता लिएका छन् । सो वर्ष सबैभन्दा उत्पादलनमुलक क्षेत्रबाट लाभांश बढी बाहिरिएको छ । उत्पादनमुलक क्षेत्रमार्फत् सो वर्ष ७ अर्ब ५२ करोड ७० लाख रुपैयाँ बाहिरिएको छ ।

सोही वर्ष बैंक तथा बीमा क्षेत्रमार्फत् ४ अर्ब ७९ करोड ९० लाख रुपैयाँ, शिक्षामार्फत् ३४ करोड ७० लाख, विद्युतीय उपकरणमार्फत ३ करोड २० लाख, निर्माण क्षेत्रमार्फत् ५ करोड, खाद्य सेवामार्फत् ४ करोड २० लाख र अन्य क्षेत्रमार्फत् ९ करोड ७० लाख रुपैयाँ लाभांश विदेशिएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा २७ अर्ब ७८ करोड ३० लाख रुपैयाँ लाभांश बाहिरिएको राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ । सो आर्थिक वर्षमा पनि सबैभन्दा बढी सूचना प्रविधिको क्षेत्रमा लगानी गरेवापत बढी लाभांश विदेश फिर्ता भएको छ । सो वर्ष सूचना प्रविधिमा लगानी गरेवापत मात्रै १२ अर्ब ५४ करोड १० लाख रुपैयाँ लाभांश विदेशी कम्पनीहरुले फिर्ता लिएका छन् । सोही आर्थिक वर्ष उत्पादनमुलक क्षेत्रमा लगानी गरेवापत् पनि ९ अर्ब ७७ करोड ९० लाख रुपैयाँ लाभांश विदेशी कम्पनीले फिर्ता लिएका छन् ।

तीन आर्थिक वर्षको गणना गर्दा विदेशी लगानीका कम्पपनीहरुले कुल ६६ अर्ब ७६ करोड २० लाख रुपैयाँ लाभांश फिर्ता लिएका छन् । यो अवधिमा सबैभन्दा बढी सूचना प्रविधि क्षेत्रबाट बढी पैसा बाहिरिएको छ ।

सम्बन्धित सामग्री : एनसेलपछि धेरै लाभांश विदेश लानेमा सूर्य नेपाल, कुन कम्पनीले कति लगे ?

Share News