नर्भिकमा छालामा समस्य भएकालाई ३ दिन फ्रि केमिकल पिल सेवा

<p>काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अनुहारको छालामा देखिने विभिन्न समस्याहरुलाई लक्षित गरी फ्री केमिकल पिल अभियान सञ्चालन गर्ने भएको छ । हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालको कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले फ्री केमिकल पीलको सेवा सञ्चालन गर्न लागेको हो । फ्रि केमिकल पील भदौ २२, २९ र असोज ५ गतेका दिन सञ्चालन हुने डर्माटोलोजिस्ट डा. सिरपा [&hellip;]</p>

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अनुहारको छालामा देखिने विभिन्न समस्याहरुलाई लक्षित गरी फ्री केमिकल पिल अभियान सञ्चालन गर्ने भएको छ । हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालको कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले फ्री केमिकल पीलको सेवा सञ्चालन गर्न लागेको हो ।

फ्रि केमिकल पील भदौ २२, २९ र असोज ५ गतेका दिन सञ्चालन हुने डर्माटोलोजिस्ट डा. सिरपा बज्राचार्यले जानकारी दिइन् ।

उनका अनुसार अनुहारमा डण्डीफोर, उमेरका कारण देखिने दागहरु, फूस्रो छाला, अनुहारको चाउरीपना, तिलकोठी, पोतो र फूटेको वा खस्रो छालाको समस्या हुनेहरुले निःशुल्क केमिकल पिलमा सेवा लिन सक्नेछन् ।

छालाको विशेषज्ञ सेवा तोकिएको दिन निःशुल्क गरेपनि औषधिको भने शुल्क लाग्नने अस्पतालले जनाएको छ ।

Share News