२०६ जनामा देखियो कोरोना संक्रमण, ३ को मृत्यु

<p>काठमाडौं । एकैदिन २०६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २ हजार ८६९ जनामा परिक्षण गर्दा २०६ जनामा संक्रमण देखिएको छ । आज ३९८ जना संक्रमणमुक्त भएका छन् । योसँगै, नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ८९१ पुगेको छ भने ९८ हजार ४४० जनाले कोरोना विरुद्धको खोप लगाएका [&hellip;]</p>

काठमाडौं । एकैदिन २०६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २ हजार ८६९ जनामा परिक्षण गर्दा २०६ जनामा संक्रमण देखिएको छ ।

आज ३९८ जना संक्रमणमुक्त भएका छन् । योसँगै, नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ८९१ पुगेको छ भने ९८ हजार ४४० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणको कारण ३ जनाको मृत्यु भएको छ ।

Share News