जलविद्युतका आयोजना अब क्यू-२५ मा डिजाईन गरिने, पीपीए दर पनि घट्ने

<p>काठमाडौं । उर्जा, जलश्रोत तथा सिञ्चाईं मन्त्रालयले जलविद्युत आयोजनाको विकास, सर्वेक्षण एवं उत्पादन अनुमतिपत्र तथा निर्देशिका तथा विद्युत खरिद बिक्री सम्झौतामा नीतिगत व्यवस्था परिवर्तन गर्ने भएको छ । मन्त्रालयले सो सम्बन्धी प्रतिवेदनमा विभिन्न व्यवस्था परिवर्तन गरी कार्यान्वयन गर्ने भएको हो । आरओआर तथा पीआरओआर आयोजनाहरु सम्भावित पूर्ण क्षमता अनुसार विकास गर्न हालको क्यू४० क्राइटएरियाको डिजाईन [&hellip;]</p>

काठमाडौं । उर्जा, जलश्रोत तथा सिञ्चाईं मन्त्रालयले जलविद्युत आयोजनाको विकास, सर्वेक्षण एवं उत्पादन अनुमतिपत्र तथा निर्देशिका तथा विद्युत खरिद बिक्री सम्झौतामा नीतिगत व्यवस्था परिवर्तन गर्ने भएको छ । मन्त्रालयले सो सम्बन्धी प्रतिवेदनमा विभिन्न व्यवस्था परिवर्तन गरी कार्यान्वयन गर्ने भएको हो ।

आरओआर तथा पीआरओआर आयोजनाहरु सम्भावित पूर्ण क्षमता अनुसार विकास गर्न हालको क्यू४० क्राइटएरियाको डिजाईन डिस्चार्जको सट्टा क्यू२५ मा आयोजना विकास गर्ने भएको छ । जसअनुसार औसतमा आयोजनाको जडित क्षमता ८५.४ प्रतिशतले बढ्ने छ ।

आयोजनाबाट वार्षिक उत्पादन हुने उर्जा ४०.२ प्रतिशत र वर्षायामको ऊर्जा ५९.३ प्रतिशतले बढ्न सक्ने छ । आयोजनाको प्लान्ट फ्याक्टर ६८.२ प्रतिशतबाट ५१.६ प्रतिशत हुन सक्ने छ । आयोजनाको स्पेसिफिक प्रोजेक्ट कष्ट १५६० यूएसडी किलोवाटबाट १०९२ यूएसडी किलावाट हुन सक्ने छ ।

त्यस्ते, क्यू२५मा डिजाईन गरिएका आयोजनालाई १७ प्रतिशत आरओई दिनका लागि वर्षायामको पीपीए रेट परिवर्तन गरी प्रतियुनिट ४.२४ रुपैयाँ गरिने छ । सुख्खायामको रेट प्रतियुनिट ८.४० रुपैयाँ नै कायम गरिने जनाइएको छ ।

पीपीए सम्पन्न गरिसकेका तर निर्माणमा नगएका आयोजनाहरुले पनि आफ्नो डिजाईन डिस्चार्ज परिवर्तन गरी आयोजना निर्माण गर्न चाहेमा परिवर्तन गर्न दिने साथै सो बापत वर्षायाममा थप हुने उर्जाको रेट प्रतियुनिट ३.६१ रुपैयाँ कायम गरिने छ । जुन हाल ४.८० रुपैयाँ रहेको छ ।

गत असार २४ गते मन्त्रिपरिषदको निर्णय अनुसार कायम भएको ऊर्जा सम्मिश्रणको अधिकतम सीमा ६७५० मेगावाट क्षमता नपुगेसम्म साविकको पीपीए रेट अनुसारनै (रु ४.८० र रु ८.४०) आरओआर आयोजनाहरुको पीपीए गर्ने छ । पीपीए गरिसकेपछि प्रवर्द्धकले क्यू परिवर्तन गर्न चाहेमा वर्षायाममा थप हुने उर्जाको रेट प्रतियुनिट ३.६१ रुपैयाँ कायम हुने गरी परिवर्तन गर्न अनुमति दिने छ ।

ऊर्जा सम्मिश्रणको अधिकतम सीमा ६७५० मेगावाटपछि पीपीए गर्ने आयोजनाको हकमा जुनसुकै डिजाईन डिस्चार्जमा आयोजना निर्माण गर्ने भएपछि वर्षायामको विद्युत खरिद दर प्रतियुनिट ४.२४ रुपैयाँ हुने छ ।

पीआरओआर आयोजनाको हकमा समेत मन्त्रिपरिषदको निर्णय अनसार कायम सिमा ४५०० मेगावाटसम्म हालै व्यवस्थालाई निरन्तरता दिइने छ । र, पीपीए गरिसकेपछि प्रवद्र्धकले क्यू परिवर्तन गर्न चाहेमा वर्षायाममा थप हुने उर्जाको रेट प्रतियुनिट ३.६१ रुपैयाँ कायम हुने गरी परिवर्तन गर्न अनुमति दिइने छ । सो सीमापश्चात पीपीए गर्ने आयोजनाको हकमा जुनसुकै डिजाईन डिस्चार्जमा आयोजना निर्माण गर्ने भएपनि वर्षायामको विद्युत खरिद दर प्रतियुनिट ४.२४ रुपैयाँ हुने ।

सुख्खायामको इनर्जी ३० प्रतिशत पुगेमा मात्र ६ महिना सुख्खायामको रेट (रु ८.४० प्रतियुनिट) पाउने व्यवथा परिवर्तन गरी सुख्खायाम र वर्षायाम को रेट ६-६ महिना पाउने व्यवस्था गरिने छ । हाल सुख्खायामको इनर्जी ३० प्रतिशत नपुगेमा ४ महिना मात्र रु ८.४० प्रतियुनिट पाउने व्यवस्था रहेको छ ।

त्यस्तै, विद्युत खरिद तथा विक्री दर निर्धारण गर्ने अधिकार विद्युत नियमन आयोगको भएको कारण माथि उल्लेखित परिवर्तित खरिद दर (वर्षायामको प्रतियुनिट रु ३.६१ र रु ४.२४ को हकमा मात्र) प्राधिकरण संचालक समितिबाट निर्धारण गरी आयोगबाट स्वीकृत गराउनु पर्नेछ । अर्धजलाशययुक्त (पीआरओआर) आयोजना निर्माण गर्न वा डिजाईन परिवर्तन गरी आरओआरबाट पीआरओआरमा आयोजना निर्माण गर्न तल्लो तटीय क्षेत्रका आयोजनाको अग्रिम सहमति लिनुपर्ने व्यवस्थालाई परिवर्तन गरी तल्लो तटीय क्षेत्रको आयोजनाको औसत मासिक उत्पादनलाई असर नपर्ने गरी मन्त्रालय तथा विभागको सहमति लिई निर्माण गर्न सक्ने व्यवस्था गरिने निर्देशिकामा उल्लेख छ ।

नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८४/८५ सम्म व्यापारिक उत्पादन शुरु गर्ने आयोजनालाई मात्र टेक अर पे प्रावधानमा पीपीए गर्ने गरेकोमा उक्त सीमा ५ वर्ष बढाई आर्थिक वर्ष २०८९/९० सम्म कायम गर्नेछ ।

Share News