काठमाडौं । मिदास टेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर र हेटौंडा अस्पतालको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ ।
यो सेवापछि अस्पतालमा जचाउँन बिहानैदेखि घण्टौँ लाइनमा बसेर पाउने सास्तीबाट बिरामीवर्गले छुटकारा पाउनेछन् । यो सेवा स्वास्थ्य क्षेत्र अन्तर्गतमा मिदास टेक्नोलोजी सफ्टवेर मार्फत सुरु गरिएको छ ।
बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सक्षम हुनेहुँदा यस सेवाले अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुने मिदासले जनाएको छ ।
यो सेवा हाललाई टिचिङ अस्पताल, वीर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियो, वी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानसँगै अन्य सरकारी तथा निजी अस्पतालहरुमा समेत उपलब्ध रहेको छ ।