काठमाडौं । टू-ह्वीलर्स कम्पनी टिभिएसले अपाचे ओनर ग्रुप (एओजी) को राइड आयोजना गरी सम्पन्न गरेको छ । कम्पनीले भदौ ४ गते नारायणगढको मल्लश्री मोटर्सबाट सौराहाको होटल पार्क ल्याण्डसम्म उक्त राइडको आयोजना गरेको हो ।
त्यस क्रममा ४० जना राइडर सहभागी थिए । सहभागी वसन्त रानाले सवारी तथा सडक सुरक्षा सम्वन्धी जानकारी समेत दिएका थिए ।
उनले भने ‘हामीले सडक सुरक्षा सम्वन्धी थप जानकारी दिने मौका पाएका छौं, यो हाम्रो लागि गर्वको कुरा हो, नेपालको पर्यटकीय स्थल चितवनमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागत योग्य छ, यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेका छौं ।’
त्यस क्रममा ब्लगर अरुण लम्सालले पनि आफ्नो तर्फबाट मन्तब्य राखेका थिए । उनले अन्य ब्राण्डले यस किसिमको कार्यक्रम चितवन क्षेत्रमा नगरेको तर टिभिएसले गरेकोमा खुशी व्यक्त गरे ।
तस्विरमा हेर्नुहोस् बुटवलदेखि पाल्पासम्मको एनओजी राइड
टिभिएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी र लुम्बिनी च्यापटरमा सम्पन्न गरिसकेको छ । यो अभियानमा सहभागीहरुले यसलाई उत्कृष्ट मनपराएको पाइएको छ ।
यो कार्यक्रम आगामी समय सेती, बाँके र मेची च्याप्टरमा गर्ने अभियान रहेको छ ।