काठमाडौं । वात्सल्य आइ.भि.एफले आज (कृष्ण जन्माष्टमी को दिन) आफ्नो छैठौं वार्षिकोत्सव मनाउँदै छ । छैठौं वार्षिकोत्सवको अवसरमा प्रजनन् उपचारमा काठमाडौं बाहिरका दम्पतीको पनि पहुँच बढाउन् देशका तीन प्रमुख शहरहरूमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।
वात्सल्यका वरिष्ठ प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीको संलग्नता रहने यो एक दिने शिविर पोखरा, विर्तामोड र नेपालगञ्जमा हुने बताइएको छ ।
उक्त शिविर भदौ ४ गते मेघा हेल्थकेयर, सभागगृह चौक, पोखरामा, भदौ ११ गते निशा एड्भान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिक, विर्तामोड तथा भदौ १८ गते वात्सल्य हेल्थकेयर, नेपालगञ्ज शाखा, बि.टि.एस चौक, नेपालगञ्जमा हुने बताइएको छ ।
शिविरमा सेवाग्राहीहरूले आफ्नो प्रजनन् अवस्था सम्बन्धि छलफल गर्न तथा निःसन्तान हुनुको कारण पहिचान गर्न सक्नेछन् भने सम्भावित उपचार विधिबारे जानकारी पनि प्राप्त गर्न सक्ने जनाइएको छ ।
पूर्ण परीक्षणपछि आइ.भि नै गर्नुपर्ने भएमा विशेष छुटको समेत व्यवस्था गरिएको क्लिनिकले बताएको छ ।
उक्त क्लिनिकले २५ सयभन्दा बढी दम्पतीलाई सन्तान प्राप्तिको खुशी दिइसकेको बताएको छ ।