काठमाडौं । संसदीय विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको छ ।
समितिले आज सभामुख अग्नि प्रसाद सापकाेटा समक्ष प्रतिवेदन बुझाउँदै अनधिकृत व्यक्ति प्रवेश नगरेको उल्लेख गरेको हो ।
समितिको प्रतिवेदनमा लेखिएको छ, ‘करका दर हेरफेरमा अनधिकृत ब्यक्तिको प्रभावको प्रसंग सान्दर्भिक रहेन ।’
चालु आवको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोपपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा विरुद्ध संसदीय छानबिन समिति गठन गरिएको थियो । समितिले १७ दिन लगाएर प्रतिवेदन तयार पारी शुक्रबार प्रतिवेदन बुझाएको हो ।
करका दर हेरफेरमा शर्माकाे कुनै संलग्नता नदेखिएपछि जनार्दन शर्मा पुन: अर्थमन्त्री बन्ने सम्भावना बढेको हो । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मा नै अर्थमन्त्री बन्ने संकेत गरेका थिए ।
[pdf id=342583]