एकैदिन ७१० जनामा देखियो कोरोना संक्रमण

<p>काठमाडौं । एकैदिन ७१० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार बिहीबार ५ हजार २५ जनामा परीक्षण गर्दा ७१० जनामा संक्रमण देखिएको हो । यस्तै, आज २१५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार २३६ पुगेको छ । मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणको कारण २ [&hellip;]</p>

काठमाडौं । एकैदिन ७१० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार बिहीबार ५ हजार २५ जनामा परीक्षण गर्दा ७१० जनामा संक्रमण देखिएको हो ।

यस्तै, आज २१५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार २३६ पुगेको छ ।

मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणको कारण २ जनाको मृत्यु भएको छ ।

Share News