एकैदिन ६३८ जनामा देखियो कोरोना, २ जनाको मृत्यु

<p>काठमाडौं । मंगलबार कोरोनाको ६३८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आइतबार ५ हजार ५५ जनामा परीक्षण गर्दा ६३८ जनामा संक्रमण देखिएको हो । गत २४ घण्टामा २१८ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार ८०२ पुगेको छ । उक्त अवधिमा [&hellip;]</p>

काठमाडौं । मंगलबार कोरोनाको ६३८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आइतबार ५ हजार ५५ जनामा परीक्षण गर्दा ६३८ जनामा संक्रमण देखिएको हो ।

गत २४ घण्टामा २१८ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार ८०२ पुगेको छ ।

उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको छ । देशभर हाल ३ हजार ७१४ जना सक्रिय संक्रमित छन् ।

Share News