मौद्रिक नीतिप्रति नाडा निराश, अध्यक्ष भन्छन् : माग सम्बोधन गरिएन

<p>काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमा अटोमोबाइल्स क्षेत्रलाई सम्बोधन नै नगरिएको जनाएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा अटोमोबाइल्स क्षेत्रको कुनै पनि माग सम्बोधन नभएको नाडाका अध्यक्ष धुब्रवहादुर थापाले बताए । उनले अटोमोबाइल्स [&hellip;]</p>

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमा अटोमोबाइल्स क्षेत्रलाई सम्बोधन नै नगरिएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा अटोमोबाइल्स क्षेत्रको कुनै पनि माग सम्बोधन नभएको नाडाका अध्यक्ष धुब्रवहादुर थापाले बताए ।

उनले अटोमोबाइल्स क्षेत्र हाल उच्च जोखिममा रहेको भन्दै अटोमोबाइल्स क्षेत्रलाई मौद्रिक नीतिले नछोएको बताए ।

‘अटोमोबाइल्स क्षेत्र अहिले धेरै जोखिममा छ, विदेशी मुद्रा सञ्चितीलाई देखाउँदै अहिले आयातमा प्रतिबन्ध लगाइएको छ, हाम्रो माग मौद्रिक नीतिमाथि आयातमा लगाईएको प्रतिबन्ध र एलसीमा गरिएको कडाईलाई सम्बोधन हुन्छ कि भन्ने थियो, तर मौद्रिक नीतिमा हाम्रो मागलाई सम्बोधन नै भएन, अहिले जति जोखिम छ, त्यसलाई थप जोखिम हुने देखिएन’, उनले भने ।

Share News