‘बैंकहरुको नाफामा कडाइ गरौं, अनुत्पादक क्षेत्रमा कडाइ गर्दा अर्बौंको राजश्व गुम्छ’

<p>काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले बैंकहरुको नाफामा कडाई गर्नुपर्ने बताएका छन् । आइतबार महासंघले आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा अध्यक्ष गोल्छाले सो बताएका हुन् । उनले नीजि क्षेत्रले मौद्रिक नीतिले चासोका रुपमा हेरेको भन्दै अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिले भूमिका खेल्नुपर्ने बताए । [&hellip;]</p>

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले बैंकहरुको नाफामा कडाई गर्नुपर्ने बताएका छन् ।
आइतबार महासंघले आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा अध्यक्ष गोल्छाले सो बताएका हुन् ।

उनले नीजि क्षेत्रले मौद्रिक नीतिले चासोका रुपमा हेरेको भन्दै अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिले भूमिका खेल्नुपर्ने बताए ।

‘उद्योग व्यवसायीले कर्जा नपाएको गुनासो गरिरहेका छन्, तरलताको समस्या समाधान गर्न मौद्रिक नीतिले केही सहज गर्नस सक्ने हाम्रो अपेक्षा छ’, उनले भने, ‘अहिले ठूलो चुनौति नभएपनि केही खास समस्या भने छ, साना उद्यमीको सम्झौता गरिसकेको ऋण नपाएको गुनासो गर्ने गरेका छन् भने कच्चा पदार्थको मूल्य बढ्दा मुल्यवृद्धिमा असर परेको छ ।’

उनले ६/७ प्रतिशतको ब्याजदर १२/१३ प्रतिशत पुगेको बताउँदै ६ महिनामै दोब्बर भएको बताए । ‘ब्याजदर कम हुँदा पनि धेरै बिकृति थिए, अहिलेको ब्याजदर र मूल्यवृद्धि धान्नै नसक्ने खालको छ,’ उनले भने ।

ब्यालेन्स अफ पेमेन्ट पनि पनि खस्किएका भन्दै उनले के आयात गर्ने र के नगर्ने भन्ने विषयमा पनि ध्यान दिनुपर्ने बताए । अध्यक्ष गोल्छाले अनुत्पादकशिल क्षेत्रमा कडाइ गर्यो भने अर्बौंको राजश्व गुम्ने भन्दै त्यसले अर्कै समस्या निम्त्याउँने बताए ।

सेयर बजारका लगानीकर्तालाई राहत हुने खालको मौद्रिक नीति आउनुपर्ने, पहिले बेसरेटमा सम्झौता गरेर अहिले एक्ट्रा शुल्क माग गरिरहेका छन्, बैंकलाई नाफामा कडाइ गरेर अगाडि बढ्नुपर्ने र आयातमा सतप्रतिशत मार्जिनको व्यवस्थामा पुनरबिचार गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिए ।

Share News