डण्डीको मूल्य घट्यो, निर्माण क्षेत्रमा छैन उत्साह

<p>काठमाडौं । केही समय अगाडि हालसम्मकै उच्च रहेको फलामे डण्डीको मूल्य घट्न थालेको छ । भारतीय बजारमा डण्डीको मूल्य बढेको भन्दै नेपालमा मूल्य बढाएका व्यवसायीहरुले हाल मूल्य घटाएका हुन । भारतीय बजारमा फलामे डण्डीको मूल्य घटेपछि नेपाली बजारमा पनि मूल्य घट्न थालेको छ । विभिन्न कम्पनी अनुसार पछिल्लो १५ दिनको अवधिमा प्रतिकिलो १३ रुपैयाँदेखि १५ [&hellip;]</p>

काठमाडौं । केही समय अगाडि हालसम्मकै उच्च रहेको फलामे डण्डीको मूल्य घट्न थालेको छ । भारतीय बजारमा डण्डीको मूल्य बढेको भन्दै नेपालमा मूल्य बढाएका व्यवसायीहरुले हाल मूल्य घटाएका हुन ।

भारतीय बजारमा फलामे डण्डीको मूल्य घटेपछि नेपाली बजारमा पनि मूल्य घट्न थालेको छ । विभिन्न कम्पनी अनुसार पछिल्लो १५ दिनको अवधिमा प्रतिकिलो १३ रुपैयाँदेखि १५ रुपैयाँसम्म डण्डीको मूल्य घटेको निर्माण सामग्री व्यापार संघका उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

संघका अनुसार सिमेन्टको मूल्य यथावत रहेत पनि डण्डी, जस्तापाता तथा पाइपको मूल्य पछिल्लो समय घट्न थालेको छ ।

भारतीय बजारमा डण्डीको मूल्य बढेको भन्दै डण्डी व्यवसायीहरुले प्रतिकिलो १३० रुपैयाँदेखि १४० रुपैयाँसम्म बिक्री गरेका थिए । उद्योगीले फ्याक्ट्रीबाटै भ्यास सहित प्रतिकिलो ११६ रुपैयाँ तोक्ने गरेको व्यवसायीहरुले बताएका छन् ।

छैन निर्माण क्षेत्रमा उत्साह

विगत केही समय यता निर्माण क्षेत्रमा खासै उत्साह नदेखिएको व्यवसायीहरुले बताएका छन् । पछिल्लो समय नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिको अभाव देखाउँदै कर्जामा गरेको कडाइ तथा बीच बीचमा निर्माण व्यवसायीका आन्दोलनका कारण निर्माण सामग्रीको मागमा कमी आएको उनीहरुको भनाइ छ ।

नेपाल सिमेन्ट उत्पादक संघका उपाध्यक्ष ताराप्रसाद पोेखरेल बजारमा माग नहुँदा आधा मात्र सिमेन्ट उत्पादन गर्नुपर्ने अवस्था रहेको बताउँछन् ।

‘अहिले निर्माणको पिक आवर मानिन्छ, तर बजारमा सिमेन्टको सोचेजस्तो माग छैन, वैशाखमा चुनाव र जेठ लागेपछि बर्खा सुरु भएसँगै निर्माण कार्य रोकिँदा सिमेन्टको मागमा बृद्धि भएको छैन’, उनले भने, ‘मागमा बृद्धि नहुँदा अधिकांश सिमेन्ट कम्पनीले आधामात्र उत्पादन गर्नुपर्ने बाध्यता रहेको छ ।’

उनले नेपाल सिमेन्ट उद्योगमा आत्मनिर्भर भएता पनि निर्यात गर्न नसक्दा क्षमताको आधामात्रै सिमेन्ट उत्पादन भएको बताए । ‘नेपालमा अहिले खासै सिमेन्टको माग छैन, हामी पर्याप्त मात्रामा सिमेन्ट निर्यात गर्न सक्षम छौँ, सरकारले निर्यातका लागि बजेटमा छुट दिएसँगै निर्यातको तयारी सुरु भएको छ,’ उनले भने ।

निर्माण व्यवसायीले निर्माण सकिएपनि सरकारले रकम नदिएको, बैंकले तरलता अभावका कारण लगानीमा कडाइ गर्दाको असर सिमेन्ट खपतमा देखिएको उनको भनाइ छ ।

‘सरकारले पूर्वाधारको रकम खर्च भएर भनिरहेको छ, काम गरेको पैसा समयमा भुक्तानी गरेपछि रकम खर्च भैहाल्छ, काम गराएर समयमा नै भुक्तानी नभएपछि सरकारको खर्च कम देखिन्छ, खर्च बढाउन काम गरेको रकम समयमा नै भुक्तानी दिनुपर्याे, उनले भने ।

निर्माण सामग्री व्यापार संघको तथ्यांक अनुुसार पछिल्लो समय निर्माण सामग्रीको मागमा उल्लेख्य मात्रामा कमी आएको छ । निर्माणको सिजनकै रुपमा हेरिने वैशाख, जेठमा समेत निर्माण सामग्रीको मागमा कमी आएको हो । निर्माण सामग्री व्यापार संघका उपाध्यक्ष दीपक श्रेष्ठ ७५ प्रतिशतसम्म निर्माण सामग्रीको मागमा कमी आएको बताउँछन् ।

Share News