जानकी मेडिकल कलेजले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

<p>काठमाडौं । धनुषास्थित जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । कलेजले महोत्तरी र धनुषामा २९ गते र ३० गते नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो । मेडिकल कलेजले इजरायलको नेपालस्थित राजदुतावास र टेल अभिभ सौरस्काइ मेडिकल सेन्टर इचिलोभ हस्पिटल इजरायलसँगको सहकार्यमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो । शिविरमा मेडिकल [&hellip;]</p>

काठमाडौं । धनुषास्थित जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । कलेजले महोत्तरी र धनुषामा २९ गते र ३० गते नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो ।

मेडिकल कलेजले इजरायलको नेपालस्थित राजदुतावास र टेल अभिभ सौरस्काइ मेडिकल सेन्टर इचिलोभ हस्पिटल इजरायलसँगको सहकार्यमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो ।

शिविरमा मेडिकल कलेजका प्रतिष्ठित चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीसँगै इजरायलका प्रतिष्ठित डाक्टरहरुको समेत सहभागिता रहने बताइएको छ । मेडिकल कलेजका फ्याकेल्टी प्रमुख डा रामप्रसाद उप्रेतीले शिविरका कारण नागरिकले गुणस्तरीय सेवा पाउनुका साथै नेपाल र इजरायलको सम्बन्धमा थप उचाइ प्रदान गर्ने बताए ।

शिविरसँगै जानकी मेडिकल कलेजले कलेजका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि लक्षित गर्दै तालिम समेत आयोजना गरेको छ । उक्त तालिममा इजरायलबाट आएका चिकित्सकहरुको टोलीले नयाँ नयाँ विषयमा जानकारी दिनुका साथै आफ्ना अनुभव समेत सुनाउने बताइएको छ ।

 

 

 

Share News