याे बजेटले अर्थतन्त्रमा देखिएको संकटको समाधान गर्छ : अर्थमन्त्री शर्मा

<p>काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले हाल अर्थतन्त्रमा देखिएको समस्याको समाधान आगामी आर्थिक वर्षको बजेटले गर्ने बताएका छन् । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सामान्य छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले बजेटले वर्तमान संकट टार्न सहयोग गर्ने बताए । मन्त्री शर्माले देश ठूलो संकटमा गइरहेको कुरा उठिरहेको भन्दै देशको आर्थिक संकटलाई सरकारले [&hellip;]</p>

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले हाल अर्थतन्त्रमा देखिएको समस्याको समाधान आगामी आर्थिक वर्षको बजेटले गर्ने बताएका छन् । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सामान्य छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले बजेटले वर्तमान संकट टार्न सहयोग गर्ने बताए ।

मन्त्री शर्माले देश ठूलो संकटमा गइरहेको कुरा उठिरहेको भन्दै देशको आर्थिक संकटलाई सरकारले हालै पस्तुत गरेको बजेट नै समाधानको अन्तिम विकल्प रहेको बताए । सरकारले देशभरबाट जनताले दिएका गुनासाहरुका आधारमा नै बजेट निर्माण गरेको उनको भनाइ छ ।

‘देश ठूलो संकटमा छ, यो संकटलाई यसले समाधान गर्दैन भन्ने प्रश्न उठिरहेको छ, यदी संकटमा छ भनेपनि यसको समाधान यही हो, छैन भनेपनि यसको समाधान यही हो, यो भन्दा अर्को समाधान छैन, सरकारले आजको परिस्थितिलाई विचार गरेर, प्रधानमन्त्री, सत्तारुढ दलका नेताहरु, देशभरबाट टोलफ्री नम्बरमा यो बजेट बनाएको हो, मैले बनाएको होइन, यो बजेट तिनै गरिव उत्पीडित जनता यो देशका अर्थशास्त्री, बुद्धिजीवि, आम राजनीतिक पार्टीहरुको मार्गनिर्देशनलाई मैले प्रश्तुत गरिदिएको मात्रै हो,’ उनले भने ।

संरचनात्मक परिवर्तन प्रणालीका आधारमा सबै वर्ग र समुदायलाई समेटेर संविधानले प्रदान गरेका अधिकारहरुलाई कार्यान्वयन गर्न नयाँ सोचमा जानुपर्ने उनको भनाइ छ । उनले पुरानो संसदीय मान्यताका आधारमा बिरोधका लागि बिरोध गर्ने मान्यताबाट मुक्त हुनुपर्नेमा जोड दिए ।

आगामी आर्थिक वर्षको बजेट अनुदान लक्षित नभएको बताउनुभएको छ । बुधवार राष्ट्रिय सभामा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सामान्य छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले आगामी आर्थिक वर्षको बजेट चुनावलाई लक्षित गरेर नल्याइएको दोहो¥याउँदै बजेटमा पैसा बाँड्ने कुरा कतै नगरेको जिकिर गरे ।

मन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुप्रति लक्षित गर्दै विगतमा अनुदान बाँडिएको अभ्यासको झझल्को अहिले पनि आइरहेको व्यंग्य गरे । उनले प्रतिपक्ष दलहरुलाई बजेट अनुदान नदिनेमा ढुक्क हुन आग्रह गरे ।

‘बजेटमा चुनावलाई ध्यानमा राखेर पैसा बाँड्ने कार्यक्रम मात्रै बनाइयो भन्ने छ तर यहाँ कतै पैसा बाँड्ने काम छैन, अनुदान भन्ने कतै पनि छैन । अनुदान भनेर हिजो बाँडिएको अभ्यासको स्मरण होला तर, बजेटमा प्रोत्साहनको कार्यक्रम छ, किसानले दुध दुह्यो, त्यसले प्रोत्साहन पायो, दुध दुहेको बेला सरकारले भोट कसलाई दियो सोध्दैन, दुध दुह्यो कि दुहेन यति सोध्छ, त्यसकारण यसमा ढुक्क हुन आग्रह गर्दछु,’ उनले भने ।

मन्त्री शर्माले प्रतिपक्षले इण्डक्शन चुलो बाँडेर भोट साट्न खोजेको आरोप लगाएको भन्दै प्रतिपक्षलाई पनि साथमा लिएर चुलो बाँड्ने कार्यक्रम बनाउने बताए । उनले इण्डक्शन चुलो निर्वाचनसँग केन्द्रित नभएको भन्दै चुलोमा राजनीति नगरेको स्पष्ट पारे ।

मन्त्री शर्माले नेपालको विद्युतीय संयन्त्रले २५ प्रतिशत मात्रै विद्युतीय उपकरणको प्रयोग धान्न सक्ने भएकोले त्यसै अनुसारका संरचनामा बजेटले जोड दिएको बताए । उनले इण्डक्शन चुलो बाँडेर भोट साट्ने कुरा सरकारको नरहेको धारणा राखे ।

‘इण्डक्शन चुल्हो बाँड्न लाग्यो, निर्वाचनमा जान थाल्यो भन्ने कुरा आइरहेको छ, निर्वाचनको बारेमा सोचेको पनि छैन, इण्डक्शन चुलो निर्वाचनसँग सम्बन्धित छैन, यो बाँड्नेमा प्रतिपक्ष दललाई पनि सँगै लगेर बाँड्ने कार्यक्रम बनाउन सकिन्छ, सँगै लैजाउँला, चिन्ता गर्नुपर्दैन, यो कुनै राजनीति गरेको होइन, यो देशको आजको आवश्यक्त हो,’ उनले भने ।

Share News