बजेटमा निजी क्षेत्रको प्रतिक्रिया : सुन्दा आकर्षक, कार्यान्वयनमा चुनौति

<p>काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । बजेटमा उद्योगी व्यवसायीहरुले प्रतिक्रिया दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले उत्पादन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको [&hellip;]</p>

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।

बजेटमा उद्योगी व्यवसायीहरुले प्रतिक्रिया दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले उत्पादन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको भन्दै निजी क्षेत्रको माग सम्बोधन भएको बताए ।

उनले रेमिट्यान्स पठाउनेलाई आईपीओमा समावेश गर्नेदेखि वैदेशिक लगानीको सीमा घटाएर निजी क्षेत्रको माग सम्बोधन गरेको बताए । ‘समग्रमा बजेट सुन्दा राम्रो लागेको छ, यसको अध्ययन गरेपछि थप नयाँ कुरा आउला’, उनले भने ।

यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बजेटको कार्यान्वयनमा चुनौति देखिएको बताए । ‘बजेटमा आन्तरिक ऋण र वाह्यक ऋण बढी देखिएको छ, आन्तरिक साधनले भ्याउने गरी ल्याउनु पर्ने, उधारोमा लिएर विकास गर्न सम्भव छैन, अन्तशुल्कमा ५० प्रतिशत छुट, स्थानीय तहका एसएमईलाई प्रोत्साहन गर्ने कार्यक्रम सकारात्मक छन्,’ उनले भने ।

यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजेट सकारात्मक नै भएको बताएका छन् । उनले आफुहरुको सबै सुझाव सम्बोधन भएको बताए ।

‘जग्गा हदबन्दी फुकुवा गर्ने, उद्योगको भाडा ५० वर्षमा पुर्याउने, विदेशी लगाउने लगायतका विषय सकारात्मक छन्, गैरआवासिय नेपाली नागरिकले सेयर बजारमा लगानी गर्न पाउने लगायतका विषय सकारात्मक छन्,’ उनले भने ।

Share News