काठमाडौं । अर्थमन्त्री जनादर्न शर्माले धितोपत्र कारोबारमा लाग्ने पुँजीगत लाभकर घटाएका छन् । उनले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत पुँजीगत लाभकर घटाएर न्यूनतम ३ र अधिकतम ५ प्रतिशत बताएका हुन् ।
सरकारले धितोपत्र बजारमा गरिने दीर्घकालीन लगानीलाई प्रोत्साहित गर्न सो व्यवस्था गरेको हो ।
यससँगै अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था गर्न सुझाव दिएको छ । हाल सरकारले अल्पकालीन लगानीकर्तालाई ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ५ प्रतिशत कर लगाएको छ ।
बजारमा १८० दिनभन्दा कम अवधिका लागि गरिने लगानीलाई अल्पकालीन र सो अवधिभन्दा बढी समयका लागि दीर्घकालीन अवधि मानिँदै आएको छ ।