अर्थमन्त्रीले भने : आगामी बजेटमा मुसहर बस्तीदेखि संसद‍्सम्मको सुझाव समेटिन्छ

<p>काठमाडौं । प्रतिनिधिसभामा उठेका सुझाव तथा प्रश्नहरूको उत्तर दिने क्रममा अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा नीतिगत सुधार गरेर पुरानो योजना निरन्तरता दिने वा बजेट थप्ने मात्र नभई त्यसभन्दा माथि उठेर आगामी बजेट बन्ने बताएका छन् । विनियोजन विधेयक, २०७९ का सिद्धान्त र प्राथमिकताहरूमाथि छलफलमा उठेका विषयमा आफ्नो धारणा राख्दै संकटोन्मुख अर्थतन्त्रलाई सम्हाल्न र सुधार्न सरकारले [&hellip;]</p>

काठमाडौं । प्रतिनिधिसभामा उठेका सुझाव तथा प्रश्नहरूको उत्तर दिने क्रममा अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा नीतिगत सुधार गरेर पुरानो योजना निरन्तरता दिने वा बजेट थप्ने मात्र नभई त्यसभन्दा माथि उठेर आगामी बजेट बन्ने बताएका छन् ।

विनियोजन विधेयक, २०७९ का सिद्धान्त र प्राथमिकताहरूमाथि छलफलमा उठेका विषयमा आफ्नो धारणा राख्दै संकटोन्मुख अर्थतन्त्रलाई सम्हाल्न र सुधार्न सरकारले चाल्नुपर्ने कदमहरूबारे विभिन्न सुझावहरूमाथि उत्तर दिँदै उनले पुरानो योजना मात्र निरन्तरता दिँदा अर्थतन्त्रमा सोचेजस्तो सुधार नहुने भएको भन्दै सरकार सचेत रहेको बताएका हुन् ।

उनले आफू बाजुराका जनता, रौतहटको मुसहर बस्ती र उपर गोरखाका आदीबासी गरी तीन कुराबाट निर्देशित रहेको भन्दै देशको अर्थतन्त्रमा सबैको सुझाव समेटिने बताएका हुन् ।

‘आफ्नो घर-आँगनमा उत्पादन भएको वस्तु आयात भइरहेको छ, यो वर्ष मात्रै यस्तो वस्तु आयात भयो भन्ने भ्रम हुनसक्छ, यो आयात निरन्तर भइरहेको छ, यसलाई रोक्नुपर्छ,’ उनले भने ।

उनले कोभिड संक्रमण, बेमौसमी अत्याधिक वर्षाका कारण धनजनको क्षति र रुस-युक्रेन युद्धजस्ता चुनौतीको बीच पनि चालु आर्थिक वर्षमा सन्तोषजनक आर्थिक वृद्धि हुने अवस्था देखिएको उनले दाबी गरे ।

‘यसका बाबजुत हाम्रो आर्थिक वृद्धि ५.८४ प्रतिशत हुने अनुमान छ,’ उनले भने ।

उनले चुनौतीका बीच पनि आर्थिक वृद्धिदर राम्रो देखिएको भन्दै समस्याका बाबजुत पनि थोरै पनि सही नीति बनाउने हो र कार्यान्वयन गर्न सबै जवाफदेही भएमा नेपालको आर्थिक वृद्धि तीव्र गतिमा बढ्ने उनको भनाइ छ ।

Share News