प्राधिकरण कञ्चनरूप वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण सप्तरीस्थित कञ्चनरूप वितरण केन्द्रका प्रमुख महेन्द्रकुमार दास विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्राहकसँग १ लाख ४० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

दासमाथि चार्जिङ स्टेशनको लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने भन्दै ग्राहकसँग घुस लिएको आरोप छ । 

सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले दासलाई उक्त रकमसहित नियन्त्रणमा लिएको थियो । 

Share News