काठमाडौं । अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णीम वाग्लेले साशकिय अहंकारले संकट ल्याउने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले शासकीय अंहकार तथा नीतिगत ब्लण्डरले देशलाई आर्थिक संकटमा पुर्याउन मद्दत पुग्ने बताएका हुन् ।
उनले श्रीलंकको उदाहरण दिँदै नेपालमा पनि त्यसको संकते देखिन खालेको धारणा राखे । यद्यपि नेपालमा श्रीलंकाको जस्तो आर्थिक संकट भने नदेखिएको उनले बताए ।
श्रीलंका सरकारको नीतिगत ब्लण्डरले नै समस्या सिर्जना भएको देखिन्छ, नेपाल सो अवस्थामा नपुगे पनि कहिलेकाहीँ त्यस्तो संकेत देखिन्छ, ‘श्रीलंकामा जसरी नेपालमा पनि हचुवाका भरमा नीति निर्माण गर्ने अभ्यास देखिएको छ,त्यसबाट हामीले बच्नुपर्छ,’ उनले भने ।
उनले श्रीलंकाले पूर्वाधार निर्माण र कर कटौतीका विषयमा हचुवाको भरमा वैदेशिक ऋण लिएको प्रशंग जोड्दै सरकारले सनकको भरमा त्यस्ता निर्णय लिन नहुने धारणा राखे ।
‘श्रीलंकाको मूल्य अभिबृद्धि कर १५ प्रतिशतबाट ८ प्रतिशत बनाउने, मूल्य अभिबृद्धि करको सीमा १ करोड २० लाख, ३० करोड पुर्याउने निर्णय गलत थियो, ती सबै निर्णय सनकका भरमा भएका निर्णय थिए, सो निर्णयले नै श्रीलंकालाई संकटमा ल्यायो,’ उनले भने ।
यस्तै, उनले जथाभावी रूपमा कर चलाउँदा समस्या भएको बताउँदै कर नीति चलाउँदा सजग हुनुपर्ने धारणा राखे ।
‘नेपालमा हतारमा निर्णय गर्ने, कार्यान्वयन नहुने, त्यसको ईम्याक्ट नहेर्ने लगायतका समस्या छन्, भ्रष्टाचार गर्नकै लागि र सनककै भरमा निर्णय गर्ने परिपाटीले समस्या ल्याउछ, यस्ता निर्णलाई मार्केटले जरिवाना गर्छ, त्यसपछि संकट सुरु हुन्छ,’ उनले भने ।
यस्तै, उनले सरकारले सल्लाहकारबाट पनि सर्तक हुनु पर्ने धारणा राखे । ‘सल्लाहकारले पनि अर्थमन्त्रीलाई गुमराहमा राख्छन्, श्रीलंकामा पनि त्यही भएको हो, सबै ठीक छ भनेर भन्ने जब समस्या हुन्छ त्यसपछि भ्वाङ पर्छ, अर्थमन्त्रालयले पनि यस्तो प्रवृतिबाट पाठ सिक्न जुरुरी छ,’ उनले भने ।