सरकारले विमानस्थल शुल्क बढाएको प्रति नाट्टाको आपत्ति

<p>काठमाडौं । कोरोनाका कारण थला परेको नेपालको पर्यटन वयवसायले लय समात्न खोज्दा सरकारले विमानस्थल शुल्क बढाएको भन्दै नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा)ले आपत्ति जनाएको छ । नाट्टाले आज एक विज्ञप्ति जारी गर्दै पर्यटन व्यवसाय केही चलायमान हुने क्रममा सरकारले विमानस्थल शुल्क नियमावली संशोधन गरेको आरोप लगाएको छ । उक्त नियमावलीमार्फत अस्वभाविक रुपमा विमानस्थल [&hellip;]</p>

काठमाडौं । कोरोनाका कारण थला परेको नेपालको पर्यटन वयवसायले लय समात्न खोज्दा सरकारले विमानस्थल शुल्क बढाएको भन्दै नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा)ले आपत्ति जनाएको छ ।

नाट्टाले आज एक विज्ञप्ति जारी गर्दै पर्यटन व्यवसाय केही चलायमान हुने क्रममा सरकारले विमानस्थल शुल्क नियमावली संशोधन गरेको आरोप लगाएको छ ।

उक्त नियमावलीमार्फत अस्वभाविक रुपमा विमानस्थल शुल्क बढाएर प्रतियात्रु तीन हजार रुपैयाँ पर्‍याएको प्रति नाट्टाले आपत्ति जनाएको हो ।

साथै, सरकारले यसरी नीति, नियमावली र नियम बनाउँदा सरोकारवालाको आवाज समेट्नसमेत माग गरेको छ ।

Share News