बैंक मर्जर : नाफा र कर्मचारीकाे उत्पादकत्व बढायो, खर्च घट्यो

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकको एक अध्ययनले बैंक तथा वित्तीय संस्थाहरुबीचको मर्जर तथा एक्विजिसनले नाफा बढाउन मद्दत पुगेको निष्कर्श निकालेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले गरेको अध्ययनले मर्जरपछि बैंक तथा वित्तीय संस्थाहरुको नाफा बढ्न सहयोग गरेको निष्कर्श निकालेको हो । बैंक तथा वित्तीय संस्था मर्जरले संस्थाको नाफा बढ्न मद्दत पुगेको पनि जवाफ दिएका [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकको एक अध्ययनले बैंक तथा वित्तीय संस्थाहरुबीचको मर्जर तथा एक्विजिसनले नाफा बढाउन मद्दत पुगेको निष्कर्श निकालेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले गरेको अध्ययनले मर्जरपछि बैंक तथा वित्तीय संस्थाहरुको नाफा बढ्न सहयोग गरेको निष्कर्श निकालेको हो ।

बैंक तथा वित्तीय संस्था मर्जरले संस्थाको नाफा बढ्न मद्दत पुगेको पनि जवाफ दिएका हुन् । बैंकको नाफासँगै बैंकको कर्मचारीहरुमा गर्नु पर्ने लागत घटेको, उत्पादकत्व बढाएको देखिएको छ ।
यस्तै, बैंक तथा वित्तीय संस्थाहरुबीचको मर्जर तथा एक्विजिसनको नीतिले संस्थाको जोखिम वहन क्षमता बढेको र मर्जरपछि बैंकहरुको स्प्रेडदर घटेको अध्ययनले देखाएको छ ।

यस्तै, अध्ययनले नेपालमा अधिकतम ११ देखि १५ वटा वाणिज्य बैंक उपर्युक्त रहेको निष्कर्श निकालेको छ । अध्ययनका अनुसार अधिकांश उत्तरदाताले नेपालमा ११ देखि १५ को संख्यामा वाणिज्य बैंक हुनु पर्ने जवाफ दिएका छन् । कतिपय उत्तरदाताले ४ देखि १०, २० देखि २० र २० देखि २५ सम्म वाणिज्य बैंकको संख्या हुनु पर्ने जवाफ पनि दिएका छन् ।

Share News