भारतमा भेटियाे काेराेनाकाे नयाँ भेरियन्ट ‘एक्सई’

<p>काठमाडाैं । भारतमा काेराेनाभाइरसकाे नयाँ भेरियन्ट ‘एक्सई’ भेटिएकाे छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार ओमिक्रोनको उपभेरियन्ट बीए.१ र बीए.२ को रिकम्बिनेसन स्ट्रेन मानिएको ‘एक्सई’ भेरियन्ट फेला परेको हो । समाचार संस्था आइएएनएसले जनाएअनुसार संक्रमित व्यक्ति ६७ वर्षीय पुरुष हुन् र उनले मुम्बईदेखि गुजरातको बडोदरासम्मको यात्रा गरेका थिए। बडोदराको एक होटलमा १२ मार्चमा गरिएको परीक्षणमा उनमा कोभिड संक्रमण पाइएको [&hellip;]</p>

काठमाडाैं । भारतमा काेराेनाभाइरसकाे नयाँ भेरियन्ट ‘एक्सई’ भेटिएकाे छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार ओमिक्रोनको उपभेरियन्ट बीए.१ र बीए.२ को रिकम्बिनेसन स्ट्रेन मानिएको ‘एक्सई’ भेरियन्ट फेला परेको हो ।

समाचार संस्था आइएएनएसले जनाएअनुसार संक्रमित व्यक्ति ६७ वर्षीय पुरुष हुन् र उनले मुम्बईदेखि गुजरातको बडोदरासम्मको यात्रा गरेका थिए। बडोदराको एक होटलमा १२ मार्चमा गरिएको परीक्षणमा उनमा कोभिड संक्रमण पाइएको थियो ।

संक्रमित व्यक्तिले कोभिशिल्डको दुई डोज लगाएकाे संचारमाध्यमले जनाएकाे छ ।

Share News