आठौं स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक शिखर सम्मेलन सुरु

<p>काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं सम्मेलन सुरु भएकाे छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को आयोजनामा आजदेखि सम्मेलन सुरु भएकाे हाे । तीन दिने सम्मेलनको प्रमख उद्देश्य विभिन्न स्थानमा रहेका अनसन्धानकर्ताहरु, जनस्वास्थ्यविदहरु, जनसंख्या विद्हरु, नीति निर्माणकताहरु तथा बहुक्षेत्रीय विज्ञहरुबीच भेट गराई तथ्यमा आधारित नीति निर्माण गरिने एनएचआरसीका सदस्य सचिव प्रदिव ज्ञवालीले जानकारी दिए । ज्ञवालीले [&hellip;]</p>

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं सम्मेलन सुरु भएकाे छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को आयोजनामा आजदेखि सम्मेलन सुरु भएकाे हाे ।

तीन दिने सम्मेलनको प्रमख उद्देश्य विभिन्न स्थानमा रहेका अनसन्धानकर्ताहरु, जनस्वास्थ्यविदहरु, जनसंख्या विद्हरु, नीति निर्माणकताहरु तथा बहुक्षेत्रीय विज्ञहरुबीच भेट गराई तथ्यमा आधारित नीति निर्माण गरिने एनएचआरसीका सदस्य सचिव प्रदिव ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीले सम्मेलनमा ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तराष्ट्रिय विज्ञहरुलाई प्रस्तुतीकरणका लागि आमन्त्रण गरिएकाे जानकारी दिए ।

Share News