काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय टाइफाइड खोप अभियानको उद्घाटन गरेका छन् । देउवाले बिहीबार दरबार हाइ स्कुलमा एक कार्यक्रममार्फत राष्ट्रिय टाइफाइड खोप अभियानको उद्घाटन गरेका हुन् ।
नेपालले दक्षिण एसियामै पहिलोपटक टाइफाइड कन्जुगेट भ्याक्सिन (टिसिभी) प्रयोग गरी टाइफाइड खोप अभियान गर्दै छ । चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म याे खोप अभियान संचालन हुँदैछ ।