काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम छिट्टै गर्ने तयारी थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले विमानस्थल निर्माण गर्नका लागि प्रक्रिया थालेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले तत्कालै रुख कटानको काम अगाडि बढ्ने बताएका छन् । उनले बजेटको व्यवस्था हुना साथ काम अघि बढ्ने बताए ।
उनले अहिले सबैको चासो निजगढ विमानस्थल भएकोले यसको निर्माण कार्य छिट्टै अगाडि बढ्ने बताए । यसका लागि अर्थमन्त्रालयले बजेटको चिन्ता नगर्न पनि भनेको छ ।
‘अब जग्गा अधिग्रहण गरेर अघि बढ्नुपर्छ, बरु यसको लागि उहाँहरुलाई जडिबुटीमा भएको ८०० सय विघा छ, त्यसमा उचित स्थानान्तरण हुन्छ, त्यहाँको जनताले मुआब्जासँगै पूरानो काठ अन्यत्र लैजान पनि कठिन छ, तुरन्त फाष्ट ट्रयाकमा कामगर्न भनेको छु, फाष्ट ट्रयाकको माध्यमबाट रुख काट्ने कुरा भएको छ, अबविलम्ब हुँदैन्, बजेटको व्यवस्था हुना साथ काम अघि बढ्छ,’ मन्त्री आलेले भने ।
उनले आफू काम गर्नको लागि मन्त्री भएको भन्दै अरुले पाँच वर्षमा गर्न नसकेको काम पाँच महिनामा गरेर देखाएको पनि दाबी गरे ।
उनले भने, ‘पाँचवर्षमा कुनै मन्त्रीले गर्न नसकने काम मैले ५ महिनामा गरेको छु, टाँगिया बस्तीका सबै ढुक्क हुनुहोस, म यो काम अघि बढाउँछु भनेर हिजो भनेको छु, माधव नेपालले त सुरुदेखि नै विमानस्थलनिर्माणको कुरा गर्दै आउनुभएको छ, अबनिर्माण प्रक्रिया सुरु हुन्छ, माधव नेपालको त यो ड्रिम प्रोजेक्ट हो, अब भन्ने मात्रै होईन, एक्शनमा गर्ने हो ।’
उनले निजगढ विमानस्थलको लागि अर्थमन्त्रीजनार्दन शर्माले बजेटको व्यवस्था गर्छु भनेर भनेको पनि सुनाए । उनले चुनावभन्दा अघि नै वस्तीको उचित स्थानान्तरणको कामसुरु हुने विश्वास दिलाए । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम आफ्नो पालामा सुरु भयो भने ५÷६ वर्षमा सम्पन्न भैसक्ने दावी गरे ।