गण्डकी प्रदेशमा आइतबारबाट नयाँ भाडादर लागु

<p>काठमाडौं ।  गण्डकी प्रदेशमा आइतबारबाट नयाँ भाडादर लागु भएको छ । फागुन १ गतेदेखि लागू हुनेगरी प्रदेशको भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले  सार्वजनिक सवारीको नयाँ भाडा दर तोकेको हो । नयाँ भाडादर अनुसार यात्रुले तीन किलोमिटरभित्र नगर बसमा चढ्दा २० रूपैयाँ तिर्नुपर्ने द्ध चभने त्यसपछि प्रतिकिलोमिटर थप साढे दुई रुपैयाँ तिर्नुपर्ने छ । यस्तै [&hellip;]</p>

काठमाडौं ।  गण्डकी प्रदेशमा आइतबारबाट नयाँ भाडादर लागु भएको छ । फागुन १ गतेदेखि लागू हुनेगरी प्रदेशको भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले  सार्वजनिक सवारीको नयाँ भाडा दर तोकेको हो ।

नयाँ भाडादर अनुसार यात्रुले तीन किलोमिटरभित्र नगर बसमा चढ्दा २० रूपैयाँ तिर्नुपर्ने द्ध चभने त्यसपछि प्रतिकिलोमिटर थप साढे दुई रुपैयाँ तिर्नुपर्ने छ ।

यस्तै नगरभित्र यात्रुले ट्याक्सी चढ्दा दुई सय मिटरभित्र चल्दा ८० रुपैयाँ तिर्नुपर्ने छ र त्यसप५ि प्रत्येक दुई सय मिटरमा थप १० रुपैयाँले भाडा लाग्ने छ । त्यस्तै १५ किलोमिटरमाथि गएपछि प्रतिकिलोमिटर ३७.५ रुपैयाँ थप भाडा लाग्ने छ ।

प्रदेश सरकारले ट्याक्सीमा बिलिङ मिटर अनिवार्य गरेको छ । व्यवसायी स्वयंले मिटर र जिपिएिस जडान गर्नुपर्नेछ ।

Share News