लम्बोदर न्यौपानेले कलेजको २३ करोड रकम निजी खातामा राखेको निश्कर्ष, मुद्दा अदालतमा

<p>काठमाडौं । नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेसहित ७ जना सञ्चालकले कलेजको २३ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको खुलेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धान अनुसार न्यौपानेसहितका सञ्चालकले कलेजको २३ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको देखिएको हो । विभागका अनुसार न्यौपानेले १२ करोड, लवराज भट्टराई, उपेन्द्र गौतम, सूर्यबहादुर केसी र हरि पाण्डेले [&hellip;]</p>

काठमाडौं । नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेसहित ७ जना सञ्चालकले कलेजको २३ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको खुलेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धान अनुसार न्यौपानेसहितका सञ्चालकले कलेजको २३ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको देखिएको हो ।

विभागका अनुसार न्यौपानेले १२ करोड, लवराज भट्टराई, उपेन्द्र गौतम, सूर्यबहादुर केसी र हरि पाण्डेले २/२ करोड, रामरत्न उपाध्यायले १ करोड २५ लाख र दीपक भट्टराईले करिब ३५ लाख रूपैयाँ बराबर सम्पत्ति शुद्धीकरण गरेको विभागले फेला पारेको छ ।

सञ्चालकहरुले कलेजकै सो रकम हिनामिना गरेर व्यक्तिगत खातामा राखेको विभागको अनुसन्धानबाट पुष्टि भएको छ ।

विभागले गत असार अन्तिम साता विशेष सरकारी वकिल कार्यालयलाई आफ्नो प्रतिवेदन बुझाएको थियो । तर, वकिल कार्यालयले पटक–पटक थप अनुसन्धान गर्न भन्दै प्रतिवेदन विभागमै फिर्ता पठाएको थियो । अन्ततः वकिल कार्यालयले सो प्रतिवेदन सदर गरिसकेको छ ।

सार्वजनिक कम्पनीका रुपमा २०५२ देखि सञ्चालित कलेजलाई न्यौपाने अध्यक्ष भएपछि निजी कम्पनीका रूपमा परिवर्तन गर्न चलखेल गरेका थिए ।

न्यौपानेसहित सातै जना सञ्चालकमाथि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि अनुसन्धान गरेको थियो । सीआईबीले इञ्जिनियरिङ कलेजका सात जना सञ्चालकले ५२ करोड ठगेको निष्कर्ष निकालेको थियो ।

Share News