काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरिका ११ हजार ५८२ जनाको नमुना परीक्षण गर्दा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यो अवधिमा ७ हजार ५५५ जना निको भएका छन् भने १२ जना संक्रमितको मृत्यु भएको छ ।
यस्तै शुक्रराज ट्रपिकल अस्पतालमा २४ वटा नमूनामा जिन सिक्वेन्सिङ गर्दा २१ वटामा ओमिक्रोन र ३ वटामा डेल्टा भेरियन्ट पाइएको मन्त्रालयकी प्रवक्ता संगिता मिश्रले बताएकी छिन् । उनले यसको अर्थ नेपालका सबै भु-भागम ओमिक्रोन भेरियन्ट फैलिएको बताइन् ।