काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरिका १७ हजार ६७४ जनाको नमुना परीक्षण गर्दा ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७४ हजार ६५३ पुगेको छ ।
मन्त्रालयका अनुसार यो अवधिमा ८ हजार २६७ जना निको भएका छन् भने ९ जना संक्रमितको मृत्यु भएको छ ।