काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरिक १६ हजार ८८ जनाको नमुना परीक्षण गर्दा ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७९ हजार २७२ पुगेको छ ।
मन्त्रालयका अनुसार यो अवधिमा ८ हजार १९१ जना निको भएका छन् भने ८ जना संक्रमितको मृत्यु भएको छ ।