काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीहरु कोरोना संक्रमित भएका छन्।
मन्त्रालयका सचिव डा.रोशन पोखरेल, प्रवक्ता डा.संगिता कौशल मिश्रा, सह-प्रवक्ता डा.समीरकुमार अधिकारी संक्रमित भएर आइसोलेशनमा बसेका छन्।
मिश्रा र अधिकारी मंगलबार तथा सचिव पोखरेल बुधबार संक्रमित भएर होम आइसोलेसनमा बसेका मन्त्रालयले जनाएको छ ।
प्रवक्ता र सहप्रवक्ता दुवै संक्रमित भएपछि बुधबारको कोरोना सम्बन्धि नियमित मिडिया ब्रिफिङमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्ण पौडेल उपस्थित भएका थिए।