काठमाडौं । टेकु अस्पतालमा गरिएको परीक्षणमा अधिकांशमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट भएको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्त डा. समिरकुमार अधिकारीको अनुसार टेकु अस्पतालमा गरिएको ३२ परीक्षणमा २८ जनामा ओमिक्रोन भेरियन्टमा र बाँकी ४ जनामा डेल्टा भेरियन्ट पाइएको हो ।
यसको अर्थ नेपालमा पुष्टि भएको अधिकांश संक्रमणमा ८८ प्रतिशत ओमिक्रोन रहेको अधिकारीले बताए । उनले सबैलाई सतर्क रहन आग्रह गरेका छन् ।