काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७ हजार ४३७ जनामा पिसीआर र एन्टिजेन परीक्षण गर्दा ६ हजार ४६२ जना कोरोना संक्रमित पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको छ ।
मन्त्रालयका अनुसार यो अवधिमा १ हजार ४१६ जना निको भएका छन् भने ४ जना संक्रमितको मृत्यु भएको छ ।