काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७ हजार ४६५ जनामा पिसीआर र एन्टिजेन परीक्षण गर्दा ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार ८७७ पुगेको छ ।
मन्त्रालयका अनुसार यो अवधिमा ५४७ जना निको भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ ।