काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९६१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२५६२ पिसीआर परीक्षणबाट ४ हजार ५३४ र २५६९ एन्टिजेन परीक्षणबाट ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको छ ।
मन्त्रालयका अनुसार यो अवधिमा ४३५ जना निको भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ ।