काठमाडाैं । प्राविधिक गडबडी भएपछि काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा पुनः काठमाडौंमै फर्काइएको छ ।
प्राविधिक गडबडी आएपछि जहाज फर्किएको र प्राविधिक टोलीले जाँच गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएकाे छ ।
उक्त जहाजका यात्रुहरुलाई गुणकै अर्को हवाई जहाजमा पोखरा पठाइँदै छ ।