शुक्रबार थपिए ५ हजार बढी संक्रमित

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी २० हजार ५६० वटा नमुना परीक्षणमा ५ हजार ८७ मा संक्रमण पुष्टि भएको हो । मन्त्रालयकाे अनुसार परीक्षण गरिएकाे २४ प्रतिशत बढीमा संक्रमण पुष्टि भएकाे छ [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी २० हजार ५६० वटा नमुना परीक्षणमा ५ हजार ८७ मा संक्रमण पुष्टि भएको हो । मन्त्रालयकाे अनुसार परीक्षण गरिएकाे २४ प्रतिशत बढीमा संक्रमण पुष्टि भएकाे छ ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १८ हजार २३५ पुगेको छ ।

मन्त्रालयका अनुसार यो अवधिमा ३०६ जना निको भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ ।

Share News