यति एयरलायन्स र यूएनडीपीले ५० हजार विरुवा रोप्ने

<p>काठमाडाैं । यति एयरलाइन्स र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (यूएनडीपी) बीच दीगो विकाश लक्ष्य प्राप्ति सम्बन्धि सम्झौता भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रममा एयरलाइन्स र यूएनडीपी बीच दीगो विकाश लक्ष्य प्राप्ति सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा एयरलाइन्सको तर्फबाट यति एयरलाइन्सका प्रमुख कार्यकारी निर्देशक (सिईओ) अनोज रिमालले र यूएनडीपीको तर्फबाट [&hellip;]</p>

काठमाडाैं । यति एयरलाइन्स र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (यूएनडीपी) बीच दीगो विकाश लक्ष्य प्राप्ति सम्बन्धि सम्झौता भएको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रममा एयरलाइन्स र यूएनडीपी बीच दीगो विकाश लक्ष्य प्राप्ति सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा एयरलाइन्सको तर्फबाट यति एयरलाइन्सका प्रमुख कार्यकारी निर्देशक (सिईओ) अनोज रिमालले र यूएनडीपीको तर्फबाट नेपाल प्रमुख आइसाने लावेले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बोल्दै यति एयरलाइन्सका सिईओ रिमालले यूएनडिपीसँग सन् २०१७ साल देखि नेपालमा मौसम परिर्वतन सम्बन्धी,स्वास्थ्य ,शिक्षा र पर्यटन क्षेत्रमा काम गदै आएको बताए । उनले यति एयरलाइन्स यूएनडीपीसँगको सहर्कायमा वातावरणको क्षेत्रलाई बढी प्राथमिकता दिएर काम गर्दै आएको बताए ।

सम्झौताले एयरलान्सलाई वातावरणको क्षेत्रमा काम गर्न प्राविधिक,विभिन्न तालिमहरुको लागि थप सहयोग पुग्ने सिईओ रिमालले बताए । उनले पहिले देखि गर्दै आएको विरुवा रोप्ने, सरगरमाथाको फोहोर उठाउने तथा पर्यटन वृद्धि गर्ने काम अझ प्रभावकारी बनाउने गरी सम्झौता भएको बताए ।

त्यस्तै,यूएनडीपीका नेपाल प्रमुख आइसाने लावेले यति एयरलाइन्ससँगको सम्झौता नयाँ नभएको बताए । उनले विगत सन् २०१७ देखि निरन्तर रुपमा वातारणको क्षेत्रमा काम गर्दै आएको बताए । उनले सम्झौतामा ५० हजार विरुवा रोप्ने र सगरमाथाको फोहोर व्यवस्थापनमा गर्ने र पर्यटन प्रवद्धन गर्ने सम्झौता भएको बताए ।

यति एयरलाइन्सले कोरोना महामारीभन्दा अगाडि एक हवाइ यात्रु एक विरुवा रोप्ने अभियान समेत गर्दै आएको थियो । तर यो अभियान कोरोना महामारीको कारणले रोकिएको छ । एयरलान्सले अहिलेसम्म २ लाख ७३ हजार भन्दा बढी विरुवा विभिन्न ठाँउमा रोपेको एयरलाइन्सले बताएको छ ।

Share News