थप ३५ सय बढीमा कोरोना संक्रमण पुष्टि

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १५ हजार ८१ वटा नमुना परीक्षणमा ३ हजार ५५३ मा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १४ हजार ३४० पुगेको छ [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १५ हजार ८१ वटा नमुना परीक्षणमा ३ हजार ५५३ मा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १४ हजार ३४० पुगेको छ ।

मन्त्रालयका अनुसार यो अवधिमा २७१ जना निको भएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ ।

Share News