यती एयरलायन्सको टिकट खल्ती मार्फत किन्दा ४५० क्यासब्याक

<p>काठमाडाैं । यती एयरलायन्सको टिकट खल्ती मार्फत किन्दा ४५० क्यासब्याक पाइने भएकाे छ । यो अफरको मुख्य उद्देश्य डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने र फ्लाइट बुकिङलाई सहज बनाउनु रहेकाे खल्तीले जनाएकाे छ । फ्लाइट बुकिङ्गमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ । बुकिङ गर्दाको बिल रकममा १५० घट्नेछ भने बाँकि रहेको ३०० ‘खल्ती’ वालेट मा क्यासब्याक स्वरूप प्राप्त [&hellip;]</p>

काठमाडाैं । यती एयरलायन्सको टिकट खल्ती मार्फत किन्दा ४५० क्यासब्याक पाइने भएकाे छ । यो अफरको मुख्य उद्देश्य डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने र फ्लाइट बुकिङलाई सहज बनाउनु रहेकाे खल्तीले जनाएकाे छ ।

फ्लाइट बुकिङ्गमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ । बुकिङ गर्दाको बिल रकममा १५० घट्नेछ भने बाँकि रहेको ३०० ‘खल्ती’ वालेट मा क्यासब्याक स्वरूप प्राप्त हुनेछ। यो अफर जनवरी १३ फेब्रुअरी १५ सम्म मान्य हुनेछ ।

यस अफरको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यती एयरलाइन्ससँग मिलेर काम गरी प्रयोगकर्ताहरूका लागि फ्लाइट बुकिंग र डिजिटल भुक्तानीमा सजिलो सुविधा र पहुँच पुर्याउन पाउँदा धेरै उत्साहित भएकाे बताए ।

 

 

 

Share News