दरबार संग्रहालयका कार्यकारी निर्देशक दाहालले दिए राजीनामा

<p>काठमाडौं । नारायणहिटी दरबार संग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । बतार समूहलाई दरबार भित्र रेष्टुरेन्ट सञ्चालनको अनुमति दिएको भन्दै विवादमा तानिएका उनले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा राजीनामा बुझाएका हुन । बतार समूहलाई रेष्टुरेन्ट सञ्चालनको अनुमति दिएपछि पर्यटनमन्त्री प्रमे आलेको निर्देशनमा मन्त्रालयको छानबिन [&hellip;]</p>

काठमाडौं । नारायणहिटी दरबार संग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् ।

बतार समूहलाई दरबार भित्र रेष्टुरेन्ट सञ्चालनको अनुमति दिएको भन्दै विवादमा तानिएका उनले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा राजीनामा बुझाएका हुन ।

बतार समूहलाई रेष्टुरेन्ट सञ्चालनको अनुमति दिएपछि पर्यटनमन्त्री प्रमे आलेको निर्देशनमा मन्त्रालयको छानबिन समिति गठन गरेको थियो । सो समितिले बुझाएकोप्रतिवेदनले नारायणहिटी दरबार संग्रहालय संरक्षणमा दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहाल असक्षम रहेको निष्कर्ष निकालेको छ ।

संग्रहालयभित्र अवैध संरचना निर्माण गर्नुमा दाहालको मुख्य कमजोरी देखिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेल नेतृत्वको छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

समितिले सार्वजनिक गरेको प्रतिवेदनमा दोषि औल्याएका दाहालले राजीनामा बुझाएका हुन ।

Share News