काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्यामा बृद्धि हुन थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाई गरिने भएको छ ।
विमानस्थल कार्यालयको मंगलबार एक सूचना जारी गर्दै विमानस्थलमा हुने आफन्तको भिड बन्द गर्न भिजिटर पास वितरण बन्द गरिएको जनाएको छ ।
अति नै जरुरी अवस्थामा बाहेक भी पास बन्द गरिएको सूचना अनुसार उल्लेख गरिएको छ ।
विमानस्थलमा हवाई यात्रु आवागमनको चाप र विमानस्थलमा थान सिमितताको कारण अति जरुरी बाहेक स्वागत तथा विदाई गर्नका लागि मात्र विमानस्थल नआई दिन पटक/पटक सूचना जारी हुँदा समेत भिडभाडमा कमी आएको छैन् । कोभिड–१९ का विभिन्न भेरिएन्ट उत्परिवर्तन भैरहेकोे र हालै नयाँ भेरिएन्ट ओमिक्रोन सहित छिमेकी देशहरुमा तीव्र रुपमा कोरोना संक्रमण फैलिरहेको , सूचनामा भनिएको छ, ‘कोभिडको नयाँ भेरिएन्टको संक्रमणबाट बच्न विमास्थलमा अनावश्यक भिडभाड नगरि हवाई यात्रा गर्दा अपनाउनुपर्ने स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डको पालना गरी हवाई यात्र सुचारु गर्न अनुरोध छ ।’
