निगमबाट हटाइएका पौडेल भन्छन्ः कमाएको विश्वाससँगै पलाएको आशा पनि मर्यो

<p>काठमाडौं । नेपाल वायुसेवा निगमका निर्वतमान महाप्रबन्धक डिमप्रकाश पौडेलले निगम सुधारको कार्यायोजना तयारी गर्दा आफूलाई हटाइएको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल (फेसबुक) मा एक स्टयाटस लेख्दै उनले निगम व्यवस्थापनले कर्मचारी उचालेर आन्दोलन गरी सक्षम नेतृत्वलाई विस्थापित गरिएको आरोप लगाएका हुन । ‘निगम उडान संख्या र यात्रुसेवाको हिसावले १ मा थियो। तर सरकारको त्यत्रो विश्वास [&hellip;]</p>

काठमाडौं । नेपाल वायुसेवा निगमका निर्वतमान महाप्रबन्धक डिमप्रकाश पौडेलले निगम सुधारको कार्यायोजना तयारी गर्दा आफूलाई हटाइएको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल (फेसबुक) मा एक स्टयाटस लेख्दै उनले निगम व्यवस्थापनले कर्मचारी उचालेर आन्दोलन गरी सक्षम नेतृत्वलाई विस्थापित गरिएको आरोप लगाएका हुन ।

‘निगम उडान संख्या र यात्रुसेवाको हिसावले १ मा थियो। तर सरकारको त्यत्रो विश्वास निमिट्यान्न पार्नेगरि कर्मचारी उचालेर आन्दोलनको जुन नाटक मन्चन गरियो र सक्षम नेतृत्व लाई बिश्थापित गर्न जे जे झुट फैलाईयो, त्यसैको परिणाम आज निगम बिघटोन्मुख अवस्थामा पुगेको छ । कमाईएको बिश्वास गुमेको छ, पलाएको आशा मरेको छ । अखिर सत्य सत्य नै हुन्छ, झुट झुटनै हुन्छ’, उनले लेखेका छन् ।

यस्तै, उनले निगम बाहिरबाट आएको नेतृत्वले एक वर्ष भन्दा बढीको अध्ययन पछी सबै भन्दा व्याबहारीक र कार्वान्वयन योग्य बिजनेस प्लान बनाएर निगम सञ्चालक समिित, पर्यटन मन्त्रालय, अर्थ मन्त्रालयको बिश्वास जितेर थप लगानी गर्नुपर्छ भन्ने कुरामा कन्भिन्स गराएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘अर्थमन्त्रलय, कर्मचारी संचयकोष, नागरिक लगानी कोष, सरोकारवाला अन्य निकायहरु, सिंगो पर्यटन क्षेत्रमा एउटा नयां उत्साहको सञ्चार भएको थियो । त्यही व्यवसायिक योजनाको लागि अर्थमन्त्रलयले ६ अर्ब ३४ करोड लगानी थप गर्न तयार भएको थियो । ३० अरब बिदेशी लगानी वा सफ्टलोन र १४ अरबको आईपीओ जारी गरेर ४४ अर्ब पैसा उठाउने योजना बनाईएको थियो । कर्मचारीहरुमा अनुशासन पुर्नस्थापित भएको थियो । कोरोना महामारीमा सन्चालन खर्च ३४ % ले कमि ल्याईएको थियो ।’

Share News