काठमाडाैं । पछिल्लो २४ घण्टामा १४ सय बढीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार ११ हजार ४२९ जनाको परिक्षण गर्दा १ हजार ४४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ पुगेको छ ।
मन्त्रालयका अनुसार यो अवधिमा २५५ जना निको भएका छन् भने २ जना संक्रमितको मृत्यु भएको छ ।