काठमाडौं । पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ९६८ जनामा संक्रमण पुष्टि भएको हो ।
१४ हजार ९७१ जनाकाे परीक्षण हुँदा ९६८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ ।
बिहीबारकाे दाँजाेमा काेराेना संक्रमित एकैचाेटी ८० प्रतिशतले बढेकाे हाे । बिहीबार ५४० जनामा संक्रमण देखिएकाे थियाे ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६२ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ७४१ रहेको छ ।