पर्यटन बोर्डका सीईओलाई निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश

<p>काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीलाई निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र बोर्डले सीईओ रेग्मीमाथि छानवीन गर्ने र सो अवधिका लागि निलम्बन गर्ने निर्णय गरेको थियो। सो निर्णयकाविरुद्ध रेग्मी अन्तरिम आदेश माग गर्दै अदालत गएका [&hellip;]</p>

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीलाई निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र बोर्डले सीईओ रेग्मीमाथि छानवीन गर्ने र सो अवधिका लागि निलम्बन गर्ने निर्णय गरेको थियो। सो निर्णयकाविरुद्ध रेग्मी अन्तरिम आदेश माग गर्दै अदालत गएका थिए।

न्यायाधीश दीपककुमार कार्कीको इजलासले निलम्बनको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिँदै कारणसहित दुवै पक्षलाई छलफलमा बोलाएको छ।

Share News